इन्द्रेणी थिएटरको नाटक ‘इम्ब्रियोनिक’ जापानमा मञ्चन हुने

सोमबार, २० चैत, २०७९
डिजिटल संस्करण

नाटक इम्ब्रियोनिक २५ र २६ चैतमा जापानमा मञ्चन हुने भएको छ । इन्द्रेणी थिएटर पोखराको प्रस्तुति रहेको नाटक जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा ८ र ९ अप्रिलमा साँझ ५ बजे मञ्चन हुन लागेको हो ।

आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले सो जानकारी दिएका हुन् । जापानमा गरिने मञ्चनमा अध्यक्ष पौडेलसँगै कपिल शर्मा र दीपेन्द्र पौडेलले अभिनय गर्नेछन् ।

शिवहरि अर्याल र अर्जुन गुरुङले संगीत दिएको नाटकमा आवाज नरहेको र शरीरको हाउभाउले देखाउन खेजेको कुरा दर्शकले बुझ्ने अध्यक्ष पौडेलले बताए । नाटकको लेखन र निर्देशन पौडेल स्वयंले गरेका छन् ।

सुझावित समाचार