सञ्चारमाध्यम भजनमण्डली बन्नुहुँदैन : मन्त्री शर्मा

सोमबार, २० चैत, २०७९
डिजिटल संस्करण

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरू भजनमण्डली बन्नु नहुने बताएकी छिन्। सोमबाार रेडियो नेपालको ७३औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कुनै पनि सञ्चारमाध्यमहरू भजनमण्डली बन्नु नहुने बताएकी हुन्। 

उनले कतिपय सञ्चारमाध्यमहरू सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको उल्लेख गर्दै सञ्चारमाध्यम भजनमण्डली हुनुहुँदैन भनेर नै सैद्धान्तिक मान्यताअनुसार प्रसारण ऐन संसदमा प्रस्तुत भएको बताइन्। 

प्रसारण ऐन पारित भइसकेपछि सञ्चरमाध्यमहरूमा नयाँ वातावरण सिर्जना हुने बताउँदै उनले भनिन्, ‘सञ्चार विधेयक राष्ट्रिय सभाको समितिमा पुगेर अन्तिम अवस्थामा छ। त्यसलाई हामीले प्रतिनिधिसभामा पुर्याउन खेज्दै छौँ। हामीले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन थुप्रै कानूनहरू जुन हाम्रो अभाव छ, ती कानुनको तयारी हामीले मन्त्रालयमा विज्ञ साथीहरूसँग छलफल गरेर तयार गरिरहेका छौँ। यी सबैमा हामी कानुनी रूपमा अघि बढ्न खोज्दै छाैँ। हामी अझै प्रभावकारी ढंगबाट अघि बढ्न जरुरी छ।’ 

मन्त्री शर्माले जनतालाई सुसूचित बनाउने, जनतामाझ प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरू सञ्चारमाध्यमहरूले प्रसारण एवं प्रकाशन गर्न जरुरी रहेको बताए। 
 

सुझावित समाचार