नेप्से परिसूचक २० अंकले गिरावट

आइतबार, १९ चैत, २०७९
डिजिटल संस्करण

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से २० अंकले घटेर एक हजार ८८८.५५ विन्दुमा कायम भएको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.७२, फ्लोट इन्डेक्स १.४२ र सेन्सेटिभ फ्लोेट इन्डेक्स १.३३ अंक घटेको छ।

आइतबार कारोबारमा आएका २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर एक अर्ब २० करोड ७१ लाख २२ हजार ६०० रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। गत बिहीबारको तुलनामा सेयर कारोबार रकम बढेको छ। 

नेप्सेका १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक २.५८ प्रतिशत घटेको छ। त्यस्तै, लगानी, जलविद्युत्, वित्त, विकास बैंक लघुवित्त र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ।

नेप्से परिसूचकमा गिरावट आए पनि कालिञ्चोक दर्शन कम्पनीको सेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सिटिजन्स म्युचुअल फन्ड १ को इकाइ मूल्य ६.१० प्रतिशत बढेको छ। तर, स्वाभिमान लघुवित्तको सेयरमूल्य ९.६१ प्रतिशत घटेको छ।

सुझावित समाचार