उपनिर्वाचन हुने क्षेत्रमा ०७९ सालअघि बागी उठेका कांग्रेस नेताको कारबाही फुकुवा

आइतबार, १९ चैत, २०७९
डिजिटल संस्करण

आगामी वैशाख १० मा उपनिर्वाचन हुने क्षेत्रहरूमा २०७९ सालभन्दा अघि बागी उठेका कांग्रेस नेताहरूको कारबाही फुकुवा भएको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकबाट कांग्रेसले यस्तो निर्णय गरेको हो।

बैठकपछि पार्टीको निर्णय सुनाउँदै सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले उपनिर्वाचन हुने तीन क्षेत्रका नेताहरूको पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुने गरी कारबाही फुकुवा भएको जानकारी दिए। यद्यपि, २०७९ को निर्वाचनका हकमा भने उपनिर्वाचनमा नेताहरूले खेलेको भूमिकालाई हेरेर पछि निर्णय लिइने बताए।
 

सुझावित समाचार