तनहुँ १ मा सर्वेन्द्रलाई उम्मेदवार बनाउने एमालेको निर्णय

शनिबार, १८ चैत, २०७९
डिजिटल संस्करण

नेकपा एमालेले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने भएको छ।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले तनहुँ १ मा उनलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

सुझावित समाचार