राष्ट्रपति रामचन्द्र पौडेल गोरखामा

आइतबार, १२ चैत, २०७९
डिजिटल संस्करण

गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखकाली र गोरखनाथ दर्शन गर्न राष्ट्रपति रामचन्द्र पौडेल गोरखा आइपुगेका छन् । आइतबार बिहान १० बजे नेपाली सेनाको हेलिकाेप्टरबाट उनी गोरखा आएका हुन् ।

अहिले राष्ट्रपतिले गोरखा दरबार मन्दिरमा  पूजा–अर्चना गरिरहेका छन् । राष्ट्रपति पौडेल करिब दुई घन्टा गोरखामा रहेर आजै काठमाडौं फर्कने कार्यक्रम तय भएको छ ।

सुझावित समाचार