सामसङले नयाँ ए–सिरिजका स्मार्टफोनहरू ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जीको नेपाली बजारमा ल्याउने भएको छ। ग्यालेक्सी ए३४ ५जी ४८ एमपी प्राइमेरी क्यामरा र २ एमपी म्याक्रो लेन्सका साथ आएको छ भने ग्यालेक्सी ए५४ ५जीमा ५ एमपी म्याक्रो लेन्ससहित ५० एमपी प्राइमेरी रहेको छ ।
दुवै फोनहरूमा ८ एमपीको अल्ट्रा वाइड एंगल लेन्सजडित छ । यी लेन्सहरूले नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रिकालीन फोटो–भिडियो, इन्हान्सड ओआइएस, पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफीको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीलाई १२०हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएको छ । यी फोनमा पानी र धुलो प्रतिरोधक आइपी६७ र कर्निङ गोरिल्ला ग्लास ५ सुरक्षण र सामसङको सिग्नेचर नक्स सेक्युरिटी उपलब्ध छन् ।
ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी मा पाँच वर्षको सुरक्षा अद्यावधिक र चार वर्षको ओएस अपग्रेडहरूको ग्यारेन्टी पनि दिइएको छ । सामसङ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीको डिजाइन ग्यालेक्सी एस२३ को मुख्य डिजाइनसँग मिल्दोजुल्दो रहेको छ ।