कञ्चनपुरका लघुवित्त कार्यालयमा नेकपा बहुमतको तालाबन्दी

मंगलबार, ७ चैत, २०७९
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा बहुमत)ले कञ्चनपुरका लघुवित्तका कार्यालयमा तालाबन्दी गरिरहेको छ।

चैत पहिलो सातादेखि शृंखलाबद्ध रूपमा नेकपा बहुमतले जिल्लाका लघुवित्त तथा वित्तीय संघसंस्थाका कार्यालयमा तालाबन्दी सुरु गरेको छ।

बेदकोट नगरको एक लघुवित्तमा तालाबन्दी गरेको बहुमतले दुई दिनपछि अर्को लघुवित्तमा तालाबन्दी गरेको छ।

आइतबार बेदकोट नगरपालिका– ७ सुडाको नेसनल माइक्राेफाइनान्स लघुवित्तको कार्यालयमा तालाबन्दी गरेको नेकपा बहुमतले मंगलबार शुक्लाफाँटा नगरपालिका– १० झलारीको छिमेकी लघुवित्त वित्तीय संस्थामा तालाबन्दी गरेको छ।

नेकपा बहुमत कञ्चनपुरका युवा नेता दीपेन्द्रसिंह ऐरीले लघुवित्तको चर्को ब्याजआतंकविरुद्ध पार्टीले कारबाही गरिरहेको बताए।

बहुमत युवा नेता ऐरीले लघुवित्त गरिब जनताका दुस्मन भएकाले आतंक रोक्नका लागि सांकेतिक रूपमा तालाबन्दी र चेतावनी ब्यानर टाँसिरहेको बताए। नेकपा बहुमत कञ्चनपुरले लघुवित्तमाथि चर्को ब्याज, उपभोक्ता ऋणीमाथि दुर्व्यवहार, अपारदर्शी कारोबारलगायतका आरोप लगाउँदै तालाबन्दी गरिरहेको छ। 
 

सुझावित समाचार