इतिहासमा आज

आइतबार, ५ चैत, २०७९
डिजिटल संस्करण

- सन् १९४५ : एडोल्फ हिटलरले जर्मनीका सम्पूर्ण कलकारखाना ध्वस्त पार्न आदेश दिए । द्वितीय विश्वयुद्धमा जर्मनीको आसन्न पराजयको संघारमा यो ‘नेरो डिक्री’ जारी गरिएको थियो, जसको उल्लेख्य कार्यान्वयन कहिल्यै गरिएन । 

- सन् १९२० : अमेरिकी सिनेटले पृथकतावादी नीतिलाई कायम राख्दै लिग अफ नेसन्स अभिसन्धिलाई अनुमोदन गर्न अस्वीकार गर्दै भर्सेलिजको सन्धिलाई दोस्रोपटक अस्वीकार गर्यो । 

- सन् १६४४ : पेकिङ शाही परिवार र दरबारका २०० सदस्यले सम्राट्प्रति बफादारी देखाउँदै आत्महत्या गरे ।

- सन् २००८ : क्युबाली राष्ट्रपति फिडेल क्यास्ट्रोद्वारा पदत्याग ।

- सन् २००३ : संयुक्त राष्ट्रसंघको समर्थनविना र विश्व जनमतको अवज्ञासहित अमेरिका–बेलायत नेतृत्वको गठबन्धनले इराकमा हवाई हमला गर्दै इराकयुद्धको सुरुवात गर्यो । 

सुझावित समाचार