पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपालद्वारा मतदान

शुक्रबार, ३ चैत, २०७९
डिजिटल संस्करण
पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपालद्वारा मतदान

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट पूर्वप्रधानमन्त्रीद्वयले मतदान गरेका हुन् । उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ ।

अपराह्न १२ बजेसम्म संघतर्फ दुई सय १२ र प्रदेशतर्फ तीन सय ८३ मत खसेको छ । मतदान अपराह्न ३ बजेसम्म चल्नेछ ।

सुझावित समाचार