अखिल (क्रान्तिकारी)द्वारा स्ववियु घोषणा-पत्र सार्वजनिक

बिहिबार, २ चैत, २०७९
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले स्ववियु चुनावलक्षित घोषणा-पत्र सार्वजनिक गरेको छ। चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले घोषणा-पत्र सार्वजनिक गरेकी हुन्।

क्रान्तिकारीले सार्वजनिक यातायातमा दिँदै आएको ४५ प्रतिशत छुटलाई ५० प्रतिशत बनाउने, स्नातकोत्तर गरेका विद्यार्थीहरू बेरोजगार भएमा राज्यले अनिवार्य बेरोजगारी भत्ता दिने व्यवस्था गर्ने, राजनीतिक भागबन्डाको आधारमा नियुक्ति बन्द गर्ने, प्रमाणपत्र धितो राखी कम ब्याजदरमा ऋण प्राप्त गर्ने नीति कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

सुझावित समाचार