१० दलीय गठबन्धनको बैठक भोलि पुनः बस्ने गरी सकिएको छ। उपराष्ट्रपतिमा समझदारी कायम गर्न बसेको बैठकमा सहमति जुट्न नसकेको हो।
बुधबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको १० दलीय गठबन्धन बैठक भोलि बसेर उपराष्ट्रपतिमा समझदारी कायम गर्ने सहमति भएको छ।
बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले बताए। उनले १० दलका बीचमा सकारात्मक रूपमा बैठक सकिएको र बिहीबार बसेर थप निर्णय गर्ने बताए।
उनले भने, ‘उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको थियो। छलफल सकारात्मक भएको छ। भोलि यो विषयमा बसेर एउटा निर्णय हुनेछ। आवश्यक्ताअनुसार बैठक बस्नेछ। बाँकी विषयमा पनि सामान्य छलफल सुरु भएको छ।’
नेता बस्नेतले सरकार विस्तारलगायतका विषयमा पनि बैठकमा छलफल सुरु भएको बताए।