आइएमई पेमा रियाबाट रेमिट्यान्स गर्दा क्यासब्याक

मंगलबार, ३० फागुन, २०७९
डिजिटल संस्करण

रेमिट्यान्समा निर्भर आफ्ना सेवाग्राहीलाई थप सुविधा विस्तार गर्ने उद्देश्यले आइएमई पेले रिया मनी ट्रान्सफरमार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक प्रदान गर्ने योजना ल्याएको छ ।

विदेशबाट नेपालमा पैसा पठाउँदा रियाको अनलाइन प्लेटफर्ममार्फत  पठाएमा ५० रुपैयाँसम्म क्यासब्याक दिने योजना ल्याएको हो । उक्त सेवाका लागि पैसा पठाउने व्यक्तिले रिया मनी ट्रान्सफरको अनलाइन पोर्टलमा गई आइएमई पेमा सीधै र तुरुन्तै पैसा पठाउन मिल्ने गरी व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

२० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको जनाइएको छ ।

सुझावित समाचार