ब्लडप्रेसर नियन्त्रण यसरी

मंगलबार, ३० फागुन, २०७९
डिजिटल संस्करण

मुटुले रगत पम्प गरेर नसामार्फत यसलाई शरीरका विभिन्न भागमा फैलाउँछ । त्यसक्रममा रगतका नसामा चाप महसुस हुने अवस्थालाई ब्लडप्रेसर भनिन्छ । प्रत्येक व्यक्तिमा प्रेसर त हुन्छ नै, तर नर्मलभन्दा कम भयो भने त्यसलाई नराम्रो मानिन्छ ।

नर्मलभन्दा बढी भयो भने पनि नराम्रो मानिन्छ । सामान्यतः मानिसको ब्लडप्रेसरको स्तर ९०/६० एमएम एचजीभन्दा बढी र १२०/८० एमएम एचजीभन्दा कम हुनुपर्छ । ९०/६० एमएम एचजीभन्दा कम भएको अवस्थालाई लो ब्लडप्रेसर भनिन्छ ।

१२०/८० एमएम एचजीदेखि १३९/८९ एमएम एचजीसम्मको अवस्था प्रि–हाइपरटेन्सन वा उच्च रक्तचाप हुनुभन्दा अघिको अवस्था हो । यसभन्दा माथि अर्थात् १४०/९० देखि माथिको अवस्था उच्च रक्तचाप हो, यो अवस्थामा औषधि सेवन गर्नुपर्छ । त्यसैले १२०/८० बाट प्रेसर लेभल बढ्नासाथ जीवनशैली सुधार्न जरुरी छ ।

नियन्त्रणका उपाय

  •  नुन धेरै सेवन नगर्ने । 
  •  सधैँ स्वस्थकर तथा सन्तुलित आहार लिने । तारेको, भुटेको 
  • धेरै नखाने ।
  •  सामान्य व्यक्तिले प्रत्येक महिना प्रेसर जाँँच गर्ने । प्रेसर बढेको रहेछ भने चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्ने । प्रेसरको औषधि खाइरहेका व्यक्तिले तीन–तीन महिनामा जाँँच गर्ने । 
  •  तनाव नलिने । 
  • नियमित व्यायाम गर्ने ।

सुझावित समाचार