आइएमई पे मोबाइल टपअपमा ५ प्रतिशत क्यासब्याक

सोमबार, २९ फागुन, २०७९
डिजिटल संस्करण

मोबाइल वालेट आइएमई पेबाट मोबाइल टपअप गर्दा ५ प्रतिशत क्यासब्याक आउने भएको छ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ले मोबाइल वालेटमार्फत गरिने रिचार्जमा दिइएको ५ प्रतिशत क्यासब्याकको अफर यथावत् राखेको हो ।

टपअपमा ५ प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावत् राखिएको कम्पनीले जनाएको छ ।

अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा आमसेवाग्राहीलाई अभ्यस्त बनाउने विश्वास लिइएको उल्लेख छ ।

सुझावित समाचार