पिएनजीको चौथो विकेट खस्यो, सन्दीपले लिए दोस्रो विकेट

आइसिसी पुरुष विश्वकप लिग - २

सोमबार, २९ फागुन, २०७९
डिजिटल संस्करण
पिएनजीको चौथो विकेट खस्यो, सन्दीपले लिए दोस्रो विकेट

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

पपुवा न्युगिनी (पिएनजी)को ब्याटिङ अर्डर पुनः धराशायी बन्दै गएको छ । स्पिनरहरूको घातक बलिङका अगाडि पिएनजीका ब्याटर निरीह देखिएका छन् । 

पिएनजीले २०औँ ओभरको पहिलो बलमा चौथाे विकेट गुमाएको छ । नेपाललाई चौथो सफलता सन्दीप लामिछानेले दिलाएका हुन् । 

आफ्नो दोस्रो विकेट लिने क्रममा सन्दीपले पिएनजीका कप्तान असद भालालाई आउट गरे । ३१ बलको सामना गरेका असदले एक चौकाको सहायताले २० रन बनाएका थिए । 

यसअघि सन्दीपले पिएनजीको तेस्रो विकेट लिएका थिए । यस्तै, युएईसँगको खेलका हिरो ललितनारायण राजवंशी र सोमपाल कामीले पनि एक–एक विकेट लिइसकेका छन् । 

सुझावित समाचार