सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता

आइसिसी पुरुष विश्वकप लिग - २

सोमबार, २९ फागुन, २०७९
डिजिटल संस्करण
सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

टस हारेर पहिले ब्याटिङ गरिरहेको पपुवा न्युगिनीको तेस्रो विकेट खसेको छ । सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै नेपाललाई तेस्रो सफलता दिलाएका छन् । 

१४औँ ओभरमा ३९ रनको अवस्थामा पिएनजीले तेस्रो झड्का व्यहोरेको हो । सन्दीपको बलमा बोल्ड हुनुअघि सेसे बाउले २८ बलमा १८ रन बनाए ।

आइसिसी पुरुष विश्वकप लिग– २ अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल र पपुवा न्युगिनी भिडिरहेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पिएनजी ब्याटिङ गरिरहेको छ ।

सुझावित समाचार