आइसिसी पुरुष विश्वकप लिग– २ अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनीको सामना गरिरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पिएनजी ब्याटिङ गरिरहेको छ ।
नेपालले पहिलो सफलता पाइसकेको छ । युएईविरुद्ध हिजोको म्याचका हिरो ललितनारायण राजवंशीले आज पनि नेपाललाई ब्रेक थ्रु दिलाएका छन् ।
कप्तान रोहितराज पौडेलले आज पनि ललितलाई ओपनिङ बलिङमा उतारेका छन् । कप्तानको विश्वासमाथि खरो उत्रिँदै ललितले आफ्नो दोस्रो ओभरमा नेपाललाई विकेट दिलाए ।
३.५ ओभरमा पाँच रनको अवस्थामा रहेको पिएनजीका किप्लिन डोरिगालाई बोल्डआउट गरे । डोरिगाले १६ बलमा दुई रन बनाएका थिए ।
आगामी चार वर्षका लागि एकदिवसीय मान्यता जोगाउन सफल भएको नेपाल आजको खेलमा अर्को महत्वपूर्ण लक्ष्यसहित उत्रिएको छ । आज र बाँकी अन्तिम खेल जितेर आगामी वर्ष हुने एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा सीधै छानिने लक्ष्य नेपालको रहेको छ ।