ललितको घातक बलिङपछि युएई ७१ रनमा अलआउट, नेपाल १७७ रनले विजयी

आइसिसी पुरुष विश्वकप लिग - २

आइतबार, २८ फागुन, २०७९
डिजिटल संस्करण

स्पिनरहरूको धारिलो बलिङसामु युएईको ब्याटिङ लाइनअफ ध्वस्त भएको छ । जारी सिरिजमा पहिलो मौका पाएका ललितनारायण राजवंशीले पाँच विकेट लिएपछि युएईका ब्याटर ध्वस्त भए । 

ललितलाई अन्य स्पिनरहरू सन्दीप लामिछानेले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएर साथ दिए । सिमरहरू सोमपाल कामी र गुल्सन झाको नाममा पनि एक–एक विकेट रह्यो । 

युएई २२.५ ओभरमा अलआउट भएपछि नेपालले एक सय ७७ रनको कीर्तिमानी विजय हासिल गर्याे । 

सुझावित समाचार