युएईको एकदिवसीय स्टाटस संकटमा, चौथो विकेट खस्यो

आइसिसी पुरुष विश्वकप लिग - २

आइतबार, २८ फागुन, २०७९
डिजिटल संस्करण

आगामी चार वर्षका लागि एकदिवसीय मान्यता कायम राख्न जित्नैपर्ने दबाबमा रहेको युएईको ब्याटिङ धराशायी भएको छ । 

दुई सय ४९ रनको लक्ष्य पछ्याएको युएईले ६ ओभरभित्र चार विकेट गुमाइसकेको छ । पहिलो ओभरदेखि नै विकेट गुमाएको युएईका कुनै पनि ब्याटर नेपाली स्पिन बलिङका सामु टिक्न सकेका छैनन् । 

करण केसीको स्थानमा मौका पाएका स्पिनर ललित राजवंशीले दुई विकेट लिइसकेका छन् भने दीपेन्द्रसिंह ऐरीले पनि एक विकेट लिएका छन् । सिमर सोमपालले समेत एक विकेट लिएपछि युएईले चौथो विकेट गुमाएको छ । 

कीर्तिपुस्थित त्रिवि खेलमैदानमा जारी खेलको पहिलो ओभरको पाँचौँ बलमा ललितले भ्रित्य अरविन्दलाई बोल्ड गरेका थिए । यस्तै, दीपेन्द्रसिंह ऐरीले तेस्रो ओभरको चौथो बलमा आर्यन लाक्रालाई आउट गरे । 

ललितले नै पाँचौँ ओभरमा युएईका कप्तान मोहम्मद वसिमलाई कुशल भुर्तेलको हातबाट क्याच गराए भने लगत्तैको ओभरमा सोमपाल कामीले आसिफ खानलाई आसिफ शेखको हातबाट क्याचआउट गरे । त्यसवेला युएईको स्कोर जम्मा ८ रन थियो । 

सुझावित समाचार