रोहितकुमार पौडेलले पुनः एकपटक आफूलाई प्रमाणित गरेका छन् । प्राविधिक रूपमा नेपाली राष्ट्रिय टिमका सबैभन्दा अब्बल रोहितले आज पुनः कप्तानी इनिङ खेले ।
२२ रनमा तीन विकेट गुमेको संकटपूर्ण अवस्थामा क्रिजमा पुगेका उनले सुरुमा भीम सार्कीसँग ५४ र त्यसपछि आरिफ शेखसँग ८६ रनको साझेदारी गरे ।
एक सय १२ बल खेलेर नौ चौकाको मद्दतमा ७७ रन बनाएका रोहित टिमको स्कोर एक सय ८६ हुँदा आउट भए ।
नयाँ पत्रिकाका फोटो जर्नालिस्ट ज्ञानेन्द्र कार्कीले क्रिजमा रोहितको संघर्षलाई क्यामेरामा कैद गरेका छन् ।







