एक्साइडको नयाँ मोटरसाइकल ब्याट्री नेपाली बजारमा

आइतबार, २८ फागुन, २०७९
डिजिटल संस्करण

एक्साइड ब्रान्डको एक्सप्लोर नामक नयाँ ब्याट्री नेपाली बजारमा सार्वजनिक गरिएको छ । सबै प्रकारका मोटरसाइकलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले बिक्री आरम्भ गरेको हो ।

कम्पनीका अनुसार स्पिल प्र्रुफ डिजाइन गार्ड, ग्यास रिकम्बिनेसन प्रणाली, एवं लिड क्याल्सियम प्रविधिजस्ता अत्याधुनिक विशेषताहरू भएको यस ब्याट्रीमा पानी कहिल्यै थप्नुपर्दैन ।

फ्याक्ट्रीबाट नै चार्ज भएर आउने एक्सप्लोरको डब्बामा पोली प्रोपिलिन प्लास्टिक र सिन्थेटिक रेजिनको प्रयोग पनि गरिएको छ । यसैगरी, ४८ महिना लामो वारेन्टी भएको यस ब्याट्रीले यसको प्रयोगकर्तालाई मर्मत–सम्भारको झन्झटबाट टाढा राख्छ ।  

सुझावित समाचार