गठबन्धनबाटै जनमतकी ममता झाको पनि उम्मेदवारी

शनिबार, २७ फागुन, २०७९
डिजिटल संस्करण

जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छिन्। गठबन्धनबाट उनी तेस्रो उम्मेदवार हुन्।

उनको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव छन् भने समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी रहेका छन्।

यसअघि गठबन्धनकै दल जसपाबाट रामसहाय यादव र प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्।

सुझावित समाचार