जसपाबाटै प्रमिला यादवको उम्मेदवारी दर्ता

शनिबार, २७ फागुन, २०७९
डिजिटल संस्करण

जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिमा दुईजनाको उम्मेदवारी परेको छ।  रामसहाय यादवको उम्मेदवारी दर्तालगत्तै सोही पार्टीकी प्रमिला यादवले उम्मेदवारी दर्ता गराएकी हुन्।

प्रमिलाको प्रस्तावकमा रन्जु झा, मृगेन्द्रकुमारसिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन्। उनको समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई र मनीष सुमन रहेका छन्।

निर्वाचन आयोगले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा खस–आर्य समुदायबाहेकको महिला हुनुपर्ने मापदण्ड तय गरेपछि जसपाले महिला र पुरुष गरी दुईजनाको उम्मेदवारी दर्ता गराएको हो।

सत्तागठबन्धनबाटै जनमत पार्टीकी ममता झा पनि उम्मेदवारी दर्ता गर्दै छिन्। एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराइसकेकी छिन्।

सुझावित समाचार