गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्ने कुरामा सचेत छु : उम्मेदवार पौडेल

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति बनेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको बताएका छन् । 

बिहीबार राष्ट्रपति निर्वाचनका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले  यस्तो बताएका हुन् । उनले संविधानको अक्षरशः भावनालाई इमानदारीपूर्वक पालना गर्ने कुरामा आफूलाई समर्पित गर्ने प्रतिबद्धता जनाए।

उम्मेदवार पौडेलले गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्ने कुरामा आफू सचेत रहेकाले सोहीअनुसारको व्यवहार हुने बताए। उनले आफू सबैको माया पाएर राष्ट्रपति बन्ने बताए ।

सुझावित समाचार