नेविसंघ अध्यक्षलाई बर्खास्त गर्न जिल्ला सभापतिको माग

बुधबार, २४ फागुन, २०७९
डिजिटल संस्करण

स्ववियु निर्वाचनको मुखमा कांग्रेस भ्रातृ संगठन नेविसंघका दुई जिल्ला सभापतिले नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको राजीनामा माग गरेका छन्।

मकवानपुर जिल्ला सभापति बुद्ध लामा र दोलखा जिल्ला सभापति बर्मा लामाले केन्द्रीय कार्यालयमा पत्र लेखेर यस्तो माग गरेका हुन्। कांग्रेस केन्द्रीय कार्यालयमा दर्ता भएको पत्रमा अध्यक्ष शेर्पाले एकपक्षीय रूपमा नेविसंघलाई अगाडि लान खोजेको आरोप लगाइएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई सम्बोधन गरिएको पत्रमा यस्ता गतिविधिले निर्वाचनको मुखमा नेविसंघलाई असर पुग्ने भन्दै राजीनामा माग गरिएको छ।

See More On

सुझावित समाचार