बिहीबार हुने राष्ट्रपति निर्वाचनको मतपरिणाम बिहीबार नै सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार मतदानकै दिन बेलुकी ७ बजे नतिजा सार्वजनिक गर्ने तयारी छ ।
‘३ देखि ४ बजेसम्म सबै प्रक्रिया पूरा गरेर ४ बजेदेखि मतगणना सुरु गर्ने हाम्रो तयारी छ । भोलि ७ बजेसम्म मतगणना कार्य सम्पन्न गरेर यही ल्होत्से हलमा मतपरिणाम घोषणा गर्ने तयारी छ,’ निर्वाचनको तयारी सम्पन्न भएसँगै पत्रकारहरूसँग पौडेलले भने ।
दिउँसो ३ बजेसम्म लाइनमा बस्नेले मात्र मतदान गर्न पाउने तथा मतदानस्थलमा मोबाइल निषेध गरिएको उनले प्रस्ट पारेका छन् । प्रदेश र संघको मतगणना छुट्टाछुट्टै हुनेछ ।