लक्ष्मी क्यापिटल बन्यो शैलेश्वरी पावर नेपालको संस्थागत परामर्शदाता

बुधबार, २४ फागुन, २०७९
डिजिटल संस्करण

संस्थागत परामर्शदाताका रूपमा कार्य गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र शैलेश्वरी पावर नेपाल प्रालिबीच सम्झौता भएकोे छ ।

सम्झौतामा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र शैलेश्वरी पावर नेपालका प्रबन्ध निर्देशक जगदीशबहादुर पालले हस्ताक्षर गरेका हुन् । 

शैलेश्वरी पावर पब्लिक कम्पनीमा परिवर्तन भएपछि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले प्राथमिक सेयर निष्कासनको कार्यसमेत गर्र्ने सम्झौतामा उल्लेख छ ।

डोटीको पूर्वीचौकी गाउँपालिकाको शैलेश्वरी पावर नेपाल प्रालि प्रवद्र्धक रही निर्माणाधीन एक दशमलव ५५ मेगावाट क्षमताको माथिल्लो गड्डीगाड जलविद्युत् आयोजनाको ७० प्रतिशत कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

सुझावित समाचार