आइएमई पे र वैदेशिक रोजगर विभागअन्तर्गत इपिएस कोरिया शाखाबीच भुक्तानीसम्बन्धी सम्झौता भएको छ । इपिएस कोरिया शाखामार्फत नेपाली श्रमिकलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानीसम्बन्धी कार्यको प्रवद्र्धन आइएमई पेले गर्ने सम्झौता भएको हो ।
नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभागअन्तर्गत स्थापना भएको इपिएस कोरिया शाखले श्रम बजारमा देखिएको समस्या समाधान गर्न नेपाली श्रमिकलाई कोरिया पठाउँदै आएको छ । सोही प्रक्रिया सम्पन्न गर्नका लागि आवेदनको दस्तुर तथा अन्य दस्तुरहरू आइएमई पेबाट भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
रेमिटलीबाट पठाएको पैसा सीधै आइएमई पे वालेटमा
रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोनलगायत डिजिटल च्यानलमार्फत सेवा प्रदान गर्दै आइरहेको रेमिटलीबाट पठाइएको रेमिट्यान्स नेपाली नागरिकले आइएमई पे वालेटमा सीधै दाबी गरी पाउन सक्ने व्यवस्था भएको छ । यो सुविधाले ग्राहकलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम विनाझन्झट प्राप्त गर्न मिल्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।