समरमा बनाउनुस् यस्तो हेयर स्टाइल

मंगलबार, २३ फागुन, २०७९
डिजिटल संस्करण

वसन्त ऋतु नयाँ सुरुवातको मौसम हो । कहिले जाडो र कहिले अत्यधिक गर्मी महसुस हुने भएकाले यो ऋतुलाई निकै परिवर्तनशील ऋतु मानिन्छ । तपाईंको आफ्नो कपाललाई पनि परिवर्तनको झल्को दिने गरी स्टाइल गर्न सक्नुहुन्छ ।

लो पोनिटेल : कर्ली कपालमा लो पोनिटेल निकै सानदार देखिन्छ । फ्रिजी टाइपको हेयर भएका युवतीहरूले यस स्टाइललाई रोज्ने गरेका छन् । यो एक फर्मल स्टाइल पनि हो । कपाल घुमाएर बाँध्ने, स्पाइरल, ब्याडलक बनाउने वा माथि जुरो बनाएर बाँध्न पनि सकिन्छ । सामान्यतया सबै कपाललाई माथि लगेर मुठो पारेर बाँधिन्छ । साथै, आधा बाँधेर र आधा छाडेर पनि फरक लुक्स दिन सकिन्छ । 

स्कार्फ : हेयर स्कार्फ, हेडब्यान्ड वा रुमालले कपाललाई छोप्न सकिन्छ । यो ट्रेन्ड पनि समरमा निकै चल्ने गर्छ । यस्तो गर्दा कपाललाई धुलो–माटोबाट पनि जोगाउन सकिन्छ । स्कार्फले छोप्दा कपालमा सीधा घाम पर्न पाउँदैन । 

एज कलर : हिजोआज अधिकांश युवतीले कपालमा खैरो र हल्का पहँेलो खालको रङ राख्ने गर्छन् । विशेषगरी, मंगोलियन अनुहार र गोरो छाला भएकाका लागि यस्तो रङ बढी सुहाउँछ । त्यस्तै, गहुँगोरो छाला भएकालाई हलुका निलो र पर्पल कलर राम्रो देखिन्छ । जुनसुकै आकारको कपाललाई पनि कलर गरेर स्टाइलिस
बनाउन सकिन्छ । 

स्ट्रेट : कपाललाई सीधा बनाउने चलनले क्लासिक लुक्स दिने गर्छ । यो एकदमै सजिलो तरिका हो । जस्तोसुकै पहिरनमा पनि यो फिट देखिन्छ । कपाललाई खुला छाड्ने भएकाले मिलाउन सहज र स्याहार गर्न पनि सजिलो हुन्छ । यसमा अगाडिको थोरै कपाललाई पछाडि लगेर पिनले बाँध्नसमेत सकिन्छ । 

ट्रेडिसनल लुक्स : ट्रेडिसनल लुक्स पनि युवतीहरूले धेरै रुचाउने गरेका छन् । यसमा कपाललाई दुवैपट्टिबाट बाटेर पछाडि लगिन्छ र पछाडिको कपाल स्टाइलिस गरेर बाटिन्छ । 

सुझावित समाचार