प्रधानमन्त्रीनिवास बालुवाटारमा माओवादी धारका पार्टीहरूको बैठक

मंगलबार, २३ फागुन, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्रीनिवास बालुवाटारमा माओवादी धारका पार्टीहरूबीचमा एकता वा मोर्चाबन्दीबारे छलफल भएको छ । जनयुद्धकालीन मुद्दा उठ्न थालेपछि माओवादी धारका नेताहरू रणनीतिक छलफलमा जुटेका हुन् । सर्वोच्चमा दर्ता भएको मुद्दाको विषयमा पनि बैठकमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका सिपी गजुरेल, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिव शक्ति बस्नेत, मातृका यादव, हरिबोल गजुरेललगायतका नेताको सहभागिता रहेको थियो । 

See More On

सुझावित समाचार