रङमा उन्मत्त वसन्तपुर [फाेटाेफिचर]

सोमबार, २२ फागुन, २०७९
डिजिटल संस्करण

रङहरूको पर्व होली आज काठमाडौं उपत्यकासहित देशका पहाडी भूभागमा मनाइँदै छ।

काठमाडौंको वसन्तपुरमा होलीविशेष कार्यक्रममा स्वदेशीदेखि विदेशी नागरिकले एक–अर्कामा रङ दलेर, नाचगान गरेर होली मनाइरहेका छन्। 

नेपालको पहाडी भूभागमा मनाइने फागु र नेपालको तराई तथा भारतमा मनाइने होलीको सांस्कृतिक महत्व भने फरक–फरक भए पनि फागुपूर्णिमालाई अहिले धेरैले होली भन्ने गरेका छन्। 

काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा पूर्णिमाको मध्यरातमा चीरदाह गर्ने चलन छ । यस दिन चन्द्रमा आफ्नो १६ कलाले पूर्ण भएको हुन्छ । अष्टमीको दिनमा चीर उत्थान गर्ने र पूर्णिमाको दिन चीरदाह गर्ने चलन पहाडमा छ । यसको प्रसंग कृष्णलीलासँग जोडिएको छ । 

नेपालको तराई र भारतमा भने पूर्णिमाको मध्यरातमा होलिका दहन गरिन्छ । पहाडमा चीरदाह गर्नुअघि नै होली खेलिन्छ, तराई र भारतमा भने होलिका दहन गरेको भोलिपल्ट होली खेल्ने चलन छ । किंवदन्तीअनुसार विष्णुभक्त प्रह्लादलाई जलाउने उद्देश्यले उनलाई काखमा राखेर होलिका नामकी राक्षस्नी आगोमा बसेकी थिइन् । तर, होलिका आफैँ जलिन्, प्रह्लाद जलेनन् । यही सम्झनामा पूर्णिमाको दिन होलिका जलाएर भोलिपल्ट होली खेल्ने चलन भारत र नेपालको तराईमा छ । पहाड र तराईमा फरक–फरक दिन होली खेलिनुको कारण यही नै हो । 

यसै सेरोफेरोमा नयाँ पत्रिकाकर्मी दीपेन्द्र ढंगानाले कैद गरेका केही तस्बिरहरू:

See More On

सुझावित समाचार