‘फेरि जन्मन्छन् जन्मदैनन्’ लोकार्पण

सोमबार, २२ फागुन, २०७९
डिजिटल संस्करण

कवि श्यामबहादुर भावुकद्वारा रचित ‘फेरि जन्मन्छन् जन्मदैनन्’ काव्यकृतिको लोकार्पण गरिएको छ । दायित्व वाङ्मय प्रतिष्ठान नेपालको आयोजना तथा प्राध्यापक एवं प्राज्ञ दिनेशराज पन्तको प्रमुख आतिथ्यमा यस कृति लोकार्पण गरिएको हो।

ब्रह्मवेत्ताचार्य अर्जुन विरक्ति तोत्रीयको जीवनकथामा आधारित पुस्तक लोकार्पण गर्दै प्रा. दिनेशराज पन्तले लोकलयमा लेखिएका यस्ता कृति सर्वसाधारणले बुझ्न सक्ने बताए । ‘कवि भावुकले एउटा असल व्यक्तिको जीवनकथामा आधारित कृति लेखेर नेपाली साहित्यमा महत्वपूर्ण योगदान गर्नुभएको छ,’ उनले भने । 

कार्यक्रममा प्रमुख वक्ता प्रा.डा. रामप्रसाद ज्ञवालीले कृतिभित्रको सारतत्वलाई केस्राकेस्रा केलाए । अर्जुन विरक्ति तोत्रीय, कृतिकार श्यामबहादुर भावुक र कवि यादव भट्टराईले पनि आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

कृतिभित्रका केही लाइन कविता पाठ गर्ने कविहरूमा डिल्लीप्रसाद मुलतिहुन, श्रीराम पौडेल, विष्णुमाया पौडेल, शिवनारायण जोशी, उर्मिला कोइराला र दीपशिखा मुखिया थिए । प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गोरक्ष पीठाधीश श्रीनाथ योगीजीले आशीर्वचन प्रदान गरेका थिए ।

सुझावित समाचार