ए डिभिजन लिग : जावलाखेलविरुद्ध मच्छिन्द्रको पहिलो गोल

आइतबार, २१ फागुन, २०७९
डिजिटल संस्करण

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत जारी खेलमा मच्छिन्द्र क्लबले अग्रता लिएको छ। जावलाखेल युथ क्लबविरुद्धको खेलमा मच्छिन्द्रका देवेन्द्र तामाङले फ्रिकिकमार्फत गोल गरेका हुन्।

दशरथ रंगशालामा जारी खेलको २२औँ मिनेटमा तामाङले निकै आकर्षक गोल गरे। लिगमा दुवै टोलीले पहिलो खेल खेलिरहेका छन्।

सुझावित समाचार