श्रमको सम्मान गर्ने संस्कृतिलाई अघि बढाउन जरुरी : रामचन्द्र पौडेल

आइतबार, २१ फागुन, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताएका छन्।

आइतबार नेपाल ट्रेड युनियन कांग्रेसको ७७औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। गाउँघरका आफ्नो खेतबारी बाँझो राखेर खानेकुरा विदेशबाट आयात गरेर खाइराखेको भन्दै पौडेलले त्यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने बताए।

‘आज हाम्रा जम्मै गाउँघर, पाखाहरू बाँझो छन्। हामी विदेशबाट खानेकुरा ल्याएर खाइराखेका छौँ। अरबौँ, खरबौँको आयात गरेका छौँ। धान्ने कसरी हो? त्यसकारण श्रम गरेर, आफ्नै भूमिमा पाखुरा बजारेर हामीले हाम्रो राष्ट्रलाई उठाउनुपर्छ। यही नै राष्ट्रियता हो। यही नै देशभक्ति हो,’ उनले भने।

वरिष्ठ नेता पौडेलले श्रम गरेर बाँच्न सबै युवालाई आग्रह गरे। श्रम गर्दा शरीरसमेत स्वस्थ रहने भएकाले श्रम गर्न आवश्यक रहेको उनको भनाइ छ।

सुझावित समाचार