नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । आइतबारको कारोबारमा नेप्से ३०.७७ अंकले घटेर १,९३८.३५ अंकमा कायम भएको हो ।
आज दुई सय ५९ वटा कम्पनीका ३८ लाख ३२ हजार चार सय ५९ कित्ता सेयर ३० हजार नौ सय तीन पटक खरिद–बिक्री हुँदा रु. एक अर्ब ३९ करोड २३ लाख ५४ हजार आठ सयबराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक १७३.३४ र उत्पादन समूहको उपसूचक १४२.४५ अंकले घटेको छ ।
आज बैंकिङ समूह १२.०८, विकास बैंक समूह २९.४०, वित्त समूह २९.६९, होटेल तथा पर्यटन समूह ६८.१० र जलविद्युत् समूह ५३.०४ अंकले घटेको छ ।
त्यस्तै, लगानी समूह १.०८, लघुवित्त समूह ८८.९०, म्युचुअल फन्ड ०.०८, निर्जीवन बिमा समूह ६३.९५, व्यापार समूह ७.८२ र अन्य समूह २७.७५ अंकले घटेको छ ।
आज सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामलिङ पावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै हिमालय डिस्टिलरी लिमिटेडको रु. आठ करोड ४४ लाख १८ हजार चार सय ५२ बराबरको कारोबार भएको छ ।