कञ्चनपुरमा १० विद्यार्थी संगठन स्ववियु निर्वाचनमा

शनिबार, २० फागुन, २०७९
डिजिटल संस्करण

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि कञ्चनपुरका विद्यार्थी संगठन चुनावी अभियानमा होमिएका छन्। त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा ५ चैत्र र सुदूरपश्चिम विश्वविद्यालयमा ८ चैत्रमा स्ववियु निर्वाचन हुने भएपछि यहाँका १० विद्यार्थी संघ संगठन चुनावमा होमिएका हुन्।

त्रिवि र संस्कृत विश्वविद्यालयको कार्यतालिकाअनुरूप १९ चैत्र शुक्रबार विभिन्न १० राजनीतिक दलनिकट विद्यार्थी संघ संगठनले क्याम्पसमा संगठन दर्ता गराएका छन्। एमालेनिकट अनेरास्ववियु र र माओवादीनिकट अखिल क्रान्तिकारीले १५-१५ तथा कांग्रेसनिकट नेविसंघले १४ क्याम्पसमा संगठन दर्ता गराएका छन्।

त्यसैगरी, एकीकृत समाजवादीनिकट अनेरास्ववियुले १२, राप्रपानिकट प्रजातान्त्रिक विद्यार्थी संगठनले ८, नेकपा विप्लवनिकट क्रान्तिकारीले ५, नेकपा बहुमत/ वैद्यनिकट क्रान्तिकारीले संयुक्त रूपमा ५, जनमोर्चानिकट अखिल छैटौँले ४ र नागरिक उन्मुक्ति पार्टीनिकटले २ क्याम्पसमा संगठन दर्ता गरेका छन्। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पसहरू शारदा विद्यापीठ, त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सिद्धनाथ विज्ञानसहित १३ सामुदायिक गरी १६  क्याम्पसमा स्ववियु निर्वाचन हुने भएको छ।

त्रिविका सम्बन्धन प्राप्त क्याम्पसहरू रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस, रामपुर बहुमुखी क्याम्पस, महाकाली बहुमुखी क्याम्पस, जनता बहुमुखी क्याम्पस, जनज्योति बहुमुखी क्याम्पस,  बालजागृति कलेज, कञ्चन विद्यामन्दिर सामुदायिक कलेज, दानेश्वरहरी बहुमुखी क्याम्पस, भानु बहुमुखी क्याम्पस, कृष्णबैजनाथ बहुमुखी क्याम्पस, उदय सरस्वती क्याम्पस, कञ्चन बहुमुखी क्याम्पस, बारिजी कलेजमा निर्वाचन हुनेछ। निर्वाचन हुने क्याम्पस प्रशासनले तयारी भइरहेको जनाएका छन्।

सुझावित समाचार