दुई सय सात रनको लक्ष्य पाएको नेपाल युएई बलरका अगाडि निरीह देखिएको छ । नेपालले १२ ओभरभित्रै पाँच विकेट गुमाइसकेको छ ।
आइसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल अहिले दुई सय सात रनको लक्ष्य पछ्याइरहेको छ ।
तर, मध्यम लक्ष्य छ्याइरहेको नेपाल लगातार विकेट गुमाएपछि दबाबमा परेको छ । ओपनरद्वय कुशल भुर्तेल, आसिफ शेख, टपअर्डरका ज्ञानेन्द्र मल्ल, कप्तान रोहित पौडेल, मिडल अर्डरका आरिफ शेख आउट भइसकेका छन् ।
ज्ञानेन्द्र, रोहित र आरिस डकआउट भए भने कुशलले पाँच तथा आसिफले १७ रन बनाए ।
अहिले क्रिजमा ब्याटर अलराउन्डर कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी छन् ।