५ चैत्रमा हुने स्ववियु निर्वाचनको तयारीका लागि नेविसंघले उपत्यकामा रहेका त्रिविका ३५ आंगिक क्याम्पसहरूमा केन्द्रीय प्रतिनिधि खटाइएको छ।
नेविसंघ नेता भुवन भट्टका अनुसार शेखर–गगन समूहका विद्यार्थी नेताहरूको बैठकको निर्णयअनुसार क्याम्पसहरूमा प्रतिनिधि खटाइएको हो।
स्ववियु निर्वाचन कार्यतालिकाअनुरूप स्ववियु निर्वाचनका लागि फाल्गुन १९ गते संगठन दर्ता छ। निर्वाचनको समय नजिक आइसकेकाेले तयारीलाई तीव्र बनाई नेविसंघलाई विजय गराउन प्रतिनिधि खटाइएको भट्टले बताए।
‘नेविसंघलाई विजय गराउन प्रचारप्रसार सँगै तयारी व्यापक रूपमा अगाडि बढाउन हामीले प्रतिनिधि खटाएका हौ,’ भट्टले भने।