सिटी एक्सप्रेसमार्फत आएको पैसा आइएमई पे वालेटबाट पाइने

बुधबार, १७ फागुन, २०७९
डिजिटल संस्करण

आइएमई पे र सिटी एक्सप्रेसबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । ग्राहकलाई सहज तरिकाले आफ्ना विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम झन्झटविना प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले सम्झौता गरिएको हो । 

सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकले सीधै आइएमई पे वालेटबाट दाबी गर्न सक्ने जनाइएको छ । यो सुविधा केही समयपश्चात् लाइभ हुनेछ र लागू गरेपश्चात् ग्राहकले रेमिट्यान्स वालेटमै प्राप्त गर्न सक्ने जनाइएको छ ।

सुझावित समाचार