नेप्सेमा सामान्य गिरावट, काराेबार रकम पनि घट्याे

मंगलबार, १६ फागुन, २०७९
डिजिटल संस्करण

मंगलबार नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.६१ अंकले ओरालो लागेर दुई हजार १९.९३ अंकमा सीमित भएको छ । 

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.०८ अंकले ओरालो लागेर ३८१.९३ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहको सेयरमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ ।

कारोबार भएकामध्ये ८८ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा एक सय १८ कम्पनीको भने ओरालो लागेको छ । यस्तै, १० उपसमूहको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । कुल ३९ लाख ४६ हजार २४ कित्ता सेयर रु. एक अर्ब ३८ करोड ७८ लाख ६५ हजार पाँच सय १५ मूल्यमा खरिद–बिक्री भएको छ ।

कारोबारका आधारमा युनिभर्सल पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु. सात करोड ५५ लाख ११ हजार पाँच सय ८४ बराबरको कारोबार भयो । 

यस्तै, शिवम् सिमेन्ट रु. ६ करोड ५० लाख ६९ हजार नौ सय ८९, सानिमा माई हाइड्रोपावर रु. ६ करोड ४६ लाख १३ हजार नौ सय ७७, नेपाल पूर्वाधार बैंक रु. तीन करोड ७६ लाख २४ हजार पाँच सय ७६ र हिमालयन डिस्टिलरी रु. तीन करोड ४४ लाख ६० हजार आठ सय १९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
 
नेप्सेका अनुसार आँधीखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, सिद्धार्थ इन्स्योरेन्स ६.१४, सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ५.७६ प्रतिशतले कमाएका छन् ।

प्रिमियर इन्स्योरेन्स ३.८५, राप्ती हाइड्रो ३.८४, सामलिङ पावर ३.७९, तारागाउँ रिजेन्सी होटेल ३.७८, स्वाभिमान लघुवित्तका लगानीकर्ताले ३.२९ प्रतिशतले गुमाएका छन् । रासस

See More On

सुझावित समाचार