पाँच विद्यालयका पाँच सय ९९ विद्यार्थीलाई झोला वितरण

मंगलबार, १६ फागुन, २०७९
डिजिटल संस्करण
पाँच विद्यालयका पाँच सय ९९ विद्यार्थीलाई झोला वितरण

झोला वितरणपछि सामुहिक तस्बिर खिचाउँदै शैलुङ गाउँपालिकास्थित विरेन्द्र माविका विद्यार्थीहरु । तस्बिर सौजन्य : एस एस फाउण्डेशन

दोलखाका पाँचवटा सामुदायिक विद्यालयका विद्यार्थीलाई एसएस फाउन्डेसनले विद्यालय झोला वितरण गरेको छ । सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक उपलब्धिमा सहयोग पुगोस् भन्दै फाउन्डेसनले जिल्लाका पाँच विद्यालयका पाँच सय ९९ जना विद्यार्थीलाई झोला वितरण गरेको हो ।

विद्यार्थीसँग मित्रता कार्यक्रम आयोजना गरी फाउन्डेसनले पाँचवटै विद्यालयमा पुगेर शैक्षिक सामग्रीका रूपमा झोला वितरण गरेको फाउन्डेसनका सदस्य नवराज खड्काले बताए। विद्यार्थीको शैक्षिक गुणस्तरका लागि फाउन्डेसनले विभिन्न शैक्षिक सामग्री वितरण गर्दै आएको र सोही क्रममा दोलखाको पाँचवटा विद्यालयका पाँच सय ९९ जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको फाउन्डेसनका संस्थापक शोभित उप्रेतीले जानकारी दिए  ।

फाउन्डेसनले दोलखाको शैलुङ गाउँपालिका– ५ काटाकुटीमा रहेको वीरेन्द्र माविमा तीन सय एक, वडा नम्बर ८ शैलुङमा रहेको चण्डिका आधारभूत विद्यालयमा एक सय आठ, दोलखाको तामाकोसी गाँउपालिका– ६ च्यामामा रहेको जनज्योति आधारभूत विद्यालयमा एक सय सात, वडा नम्बर ६ च्यामाकै सूर्योदय प्राविमा ४५ र दोलखा भीमेश्वर नगरपालिका– ३ को भीमेश्वर बहिरा प्राविमा ३८ गरी पाँच सय ९९ जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको फाउन्डेसनका सदस्य नवराज खड्काले बताए । 

शैक्षिक गुणस्तरका लागि उचित शिक्षासहित आवश्यक शैक्षिक सामग्रीसमेत आवश्यक हुने भएकाले फाउन्डेसनले दोलाखाका विभिन्न विद्यालयमा झोलालगायतका सामग्री वितरण गर्दै आएको फाउन्डेसनका अध्यक्षसमेत रहेका वरिष्ठ कलाकार मदनदास श्रेष्ठको भनाइ छ ।

सुझावित समाचार