मुरारका ग्रुप र सोमानी सेरामिक्स लिमिटेडको सहकार्य

मंगलबार, १६ फागुन, २०७९
डिजिटल संस्करण

नेपालको प्रख्यात व्यावसायिक समूह मुरारका ग्रुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने भएको छ। 

मुरारका ग्रुप र सोमानीबीचको यो संयुक्त उद्यमले नेपालमा करिब ३.० मिलियन स्क्वायरमिटर वार्षिक क्षमताको टाइल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने भएको हो।

काठमाडौंको म्यारियट होटेलमा सञ्चारकर्मी तथा कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा आज आयोजित एक पत्रकार सम्मेलनमा उक्त सहकार्यबारे जानकारी दिइएको हो।

यसबारे बोल्दै मुरारका ग्रुपका म्यानेजिङ डिरेक्टर पशुपति मुरारकाले आफ्ना ग्राहकलाई सदैव गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्न प्रतिबद्ध रहेको बताए। उनले यस सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टाइलको आवश्यकतालाई परिपूर्ति गर्ने बताए। 

यस्तै, सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक एवं सिइओ अभिषेक सोमानीले नेपालको प्रतिष्ठित व्यावसायिक घराना मुरारका ग्रुपसँग सहकार्य गर्न पाउँदा आफू गौरवान्वित भएको बताए। साथै उनले सोमानी सेरामिक्सले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त उच्च गुणस्तरको टाइल्स उत्पादन तथा आपूर्ति गर्दै आएको छ र यसले नेपाली बजारमा पनि राम्रो स्थान पाउने विश्वस्त भएको बताए। 
 

सुझावित समाचार