नियमित उडानका लागि रेसुंगा नगरपालिका र निगमबीच सम्झौता

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण

काठमाडौ–रेसुंगा विमानस्थलमा नियमित हवाई उडानको लागि सम्झौता भएको छ। गुल्मीको रेसुंगा नगरपालिका र नेपाल वायु सेवा निगमबीच सम्झौता सम्पन्न भएको हो।

नेपाल वायुसेवा निगमद्वारा सुरुमा हप्तामा एक दिन उडान गर्दै पछि हप्तामा तीन दिनसम्म पुर्याउने योजना छ।

सम्झौताबारे जानकारी दिँदै कांग्रेस गुल्मी सभापति खिलध्वज पन्थीले हवाई यातायात नियमित भएसँगै गुल्मीको समग्र विकासको लागि कदम कोसेढुंगा साबित हुने बताए।

सुझावित समाचार