सशस्त्र प्रहरीका ११ डिआइजी र ११ एसएसपीको सरुवा [सूचीसहित]

चार डिआइजीको पदस्थापन

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण

सशस्त्र प्रहरी बलका ११ डिआइजीको सरुवा भएको छ भने गत साता बढुवा भएका सातजनाको पदस्थापन भएको छ। सरुवा र पदस्थापनमा आठै बाहिनीका प्रमुखहरू हेरफेर भएका छन्। 

बराह बाहिनी सुनसरीमा अञ्जनीकुमार पोखरेल, छिन्नमस्ता बाहिनी महोत्तरीमा दीपेन्द्र शाह, पशुपतिनाथ बाहिनी, काठमाडौंमा पुरुषोत्तम थापालाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, गढीमाई बाहिनी मकवानपुरमा लक्ष्मणबहादुर सिंह, मुक्तिनाथ बाहिनी कास्कीमा कालीदास धौबजी, विन्ध्यवासिनी बाहिनी लुम्बिनीमा विदुर खड्का, महेश्वरी बाहिनी सुर्खेतमा प्रदीपकुमार पाल र बैद्यनाथ बाहिनी कैलालीमा कुमार न्यौपानको सरुवा भएको छ। यस्तै, गृह मन्त्रालयले सोमबार डिआइजीको सरुवा र पदस्थापन गरेको हो। 

त्यस्तै, गृहले सशस्त्रका ११ जना एसएसपीको पनि सरुवा गरेको छ।

सुझावित समाचार