आइसिसी पुरुष विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो म्याचमा पपुवा न्युनिगीले दिएको दुई सय चार रनको लक्ष्य पछ्याउने क्रममा नेपालले एक सय रन पूरा गरेको छ। नेपालले १९ ओभरमा दुई विकेटको क्षतिमा सय रन पूरा गरेको हो।
ओपनिङ ब्याटर कुशल भुर्तेलले अर्धशतक प्रहार गर्दै नेपाललाई सय रन पूरा गरे। ५९ बलमा पाँच चौकाको मद्दतमा कुशलले व्यक्तिगत चौथो अर्धशतक पूरा गरे।
अहिले क्रिजमा कुशलसँगै कप्तान रोहित पौडेल छन्। दुई सय चार रनको लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो सुरुवात गर्यो।
ओपनरद्वय कुशल र आसिफ सेखबीच पहिलो विकेटका लाागि ७६ रनको साझेदारी भएको थियो। ३९ बलमा ४४ रन बनाएका आसिफ दुर्भाग्यवश रनआउट हुन पुगे।
त्यसपछि क्रिजमा आएका अनुभव ब्याटर ज्ञानेन्द्र मल्ल भने सस्तैमा आउट भए। उनले दश बलमा ४ रन मात्र बनाए। नेपालले ८८ रनको अवस्थामा दोस्रो विकेट गुमाएको थियो।