नेपाललाई ‘साहसिक खेलमा प्रथम देश’ अवार्ड

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण

मलेसियामा नेपाल एसियामै साहसिक खेल गतिविधिमा ‘प्रथम देश’ घोषित भएको छ । आरएनए मिडिया ग्रुपले गरेको स्वतन्त्र अध्ययनबाट प्राकृतिक सम्पदा, जलस्रोत र भौगोलिक विविधतामा सम्पन्न नेपाल साहसिक खेलको सम्भावनाका दृष्टिले एसियाली देशमध्ये शीर्ष देशभित्र पर्दै प्रथम देश घोषित भएको हो । 

राजधानी क्वालालम्पुरमा आयोजित समारोहमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले अवार्ड ग्रहण गर्दै साहसिक खेलका लागि नेपालमा उपयुक्त स्थानहरू र अनुकूल मौसम रहेको बताए । 

साहसिक खेलका लागि आवश्यक पर्ने पूर्वाधार प्राकृतिक रूपमै बनेको चर्चा गर्दै उनले मौलिक कला, संस्कृति र सम्पदामा पनि नेपाल पर्यटनको प्रशस्त सम्भावना बोकेको देश रहेकोमा प्रकाश पारेका थिए । समारोहमा स्थानीय सञ्चारकर्मी, चलचित्र निर्माता, पर्यटन व्यवसायी, साहसिक खेलाडीहरूको सहभागिता थियो ।

सुझावित समाचार