आइएमई पेको पे विथलिंक बैंक सुविधा

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण

 आइएमई पेले पे विथलिंक बैंक सुविधा थप गरेको छ । कम्पनीले अबदेखि हरेक बैंक प्रयोगकर्ताले आफ्नो बैंक लिंक गरी आइएमई पेमार्फत सजिलै विभिन्न भुक्तानी सेवा प्राप्त गर्न सक्ने सेवा थप गरेको हो । 

यो सेवा प्रयोग गर्ने सेवाग्राहीले बैंक लिंक गरेबापत एक सय रुपैयाँ र बैंक लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यास ब्याकका अतिरिक्त विभिन्न अवार्ड पनि प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । टपअपको भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, क्युआर भुक्तानी एवं क्युएफएक्सको मुभी टिकटमा क्यासब्याकका साथै एयरलाइन्सको टिकट खरिदमा दुई सय ५० देखि सात सय रुपैयाँसम्मको क्यासब्याक बैंक लिंक गरी कारोबार गर्दा प्राप्त हुने कम्पनीको भनाइ छ ।  

थपिएको यस सेवाले बैंक प्रयोगकर्तालाई लिंक बैंकबाट नै सजिलोसँग भुक्तान गर्न मिल्ने विशेषता प्रदान गर्ने तथा ठूलो रकमको भुक्तानीमा पनि सीधैँ पे विथलिंक बैंक छनोट गरी भुक्तान गर्न सकिने जनाइएको छ । 

कन्काई नगरपालिकासँग समझदारी
आइएमई पे र कन्काई नगरपालिकाबीच नगरपालिकाका सम्पूर्ण वडाहरूमा सञ्चालन हुने एक महिना लामो डिजिटेसन कार्यक्रममा डिजिटल भुक्तानीसम्बन्धी कार्यको प्रवद्र्धन गर्ने समझदारी भएको छ । समझदारीअनुसार नगरपालिकाले सबै सम्बद्ध ग्राहकलाई करदाता परिचयपत्र वितरण गर्नुका साथै सबै करदाता ग्राहकलाई डिजिटल भुक्तानी र अनलाइन कर भुक्तानीका लागि मार्गदर्शन गर्ने उल्लेख छ ।

भुक्तानी संयन्त्रका रूपमा सहभागिता जनाएको आइएमई पेले उक्त कार्यक्रममा ब्रान्ड प्रवद्र्धनका अतिरिक्त डिजिटल भुक्तानीमा देखिन सक्ने सजिला–अप्ठ्यारा विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाइएको छ ।

सुझावित समाचार