नेप्सेमा झिनो अंकको वृद्धि

आइतबार, १४ फागुन, २०७९
डिजिटल संस्करण

साताको पहिलो कारोकारको दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। पछिल्लो एक साता निरन्तर रूपमा गिरावट आएको नेप्से परिसूचक आइतबार सकारात्मक देखिएको छ। 

आइतबार नेप्से परिसूचक ४.५५ अंकले बढेर २,०२७.१९ विन्दुमा आएको पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.१३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.१७ अंकले वृद्धि र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२५ अंक घटेको छ।

आइतबार कारोबारमा आएका दुई सय ६२ कम्पनीको ६५ लाख १५ हजार आठ सय ५२ कित्ता सेयर दुई अर्ब ५२ करोड ५० लाख ७१ हजार आठ सय ६ रुपैयाँबराबरको कारोबार भएको छ। नेप्सेका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक नकारात्मक देखिएको छ भने आठवटा उपसमूहको परिसूचकमा सकारात्मक देखिएको छ। 

लघुवित्त वित्तीय संस्थाहरूको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। लघुवित्त उपसहूहको सूचक २.७८ प्रतिशतले बढेको छ भने फाइनान्स, होटेल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, अन्य, लगानी र निर्जीवन बिमा उपसमूहको सूचक सकारात्मक भएका छन्। यता व्यापार उपसमूहको सूचक १.४० प्रतिशतले घटेको छ। 

आइतबार नेप्से परिसूचक बढेसँगै विजय लघुवित्तको सेयरमूल्य ७.९४ अंकले बढेको छ। यस्तै ग्रिन डेभलपमेन्ट बैंक, अभियान लघुवित्त, मिर्मिरे लघुवित्त आराम्भ चौतारी लघुवित्तलगायतको सेयरमूल्य बढेको छ। 

यता सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५.३६ प्रतिशतले घटेको छ। आइतबार हिमालयन डिस्टिलरीको १० करोड ५८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। 

सुझावित समाचार