सडक दुर्घटनामा पत्रकार हितंगाको निधन

आइतबार, १४ फागुन, २०७९
डिजिटल संस्करण

बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा  पत्रकार मनोज हितंगाको ज्यान गएको छ। 

गएराति  बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उनी सवार लु.८प ९०६८ नम्बरको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र०७–०२–००१ख १२५६ नम्बरको यात्रुबाहक बस बसपार्कनजिकै एक–आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते ३७ वर्षीय हितंगाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता होमबहादुर थापाले जानकारी दिए। 

लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनका रूपमा कार्यरत  उनी पछिल्लो समय एनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रूपमा कार्यरत थिए। पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा उनी करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्दै आएका थिए। रासस 

सुझावित समाचार